वीरगन्ज :

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

श्रेणी : समाचार

1 year
birgunj report
6Views
0 Shares

काठमाडौं । सरकारले सवारी तथा यातायात व्यवस्था नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सवारी तथा यातायात व्यवस्था (नवौं संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय भएको जानकारी दिइन् ।

यसैगरी, बैठकले सार्वजनिक सडकसम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्त बनेको विधेयकको अवधारणापत्र अनुसार कानुन तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ । सञ्चारमन्त्री शर्माले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्ति गर्ने निर्णय बैठकले गरेको जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *