वीरगन्ज :

एमाले र रास्वपाद्वारा संसदमा अवरोध

श्रेणी : BANNER

1 year
birgunj report
10Views
0 Shares

काठमाडौं । जिल्ला निर्वाचन कार्यालय खारेजी गर्ने निर्णय सच्याउन माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको सदन अवरोध गरेको छ । मंगलबार प्रतिनिधिसभाको बैठकको सुरुमै समय लिएर रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जिल्ला निर्वाचन कार्यालय फिर्ता नलिए संसदमा उठेर अवरोध गर्ने बताए ।

सभामुख देवराज घिमिरेले बजेटको मन्त्रालयत शीर्षकमाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची र हेको र त्यसक्रममा जवाफ आउने बताए । तर, रास्वपाले त्यसलाई मानेन र अवरोध गरेको छ । रास्वपाको अवरोधलाई एमालेले पनि साथ दिएको छ ।

एमालेले पनि संसदमा उठेर अवरोध गरेको छ । सभामुमख देवराज घिमिरेले आजै अर्थमन्त्रीले जवाफ दिने कार्यसूची रहेकाले सदन चलाउन प्रयास गरे पनि रास्वपाका सभापति रवि लामिछानेले सुरुमै अर्थमन्त्रीले निर्णय फिर्ता गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *