वीरगन्ज :

रुसी सेनाको रगत बग्न नदिन आफ्ना समर्थक फिर्ता भएका वाग्नर प्रमुखको भनाई

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
26Views
0 Shares

रुसमा सप्ताहान्तमा विद्रोहको अगुवाइ गरेका वाग्नर समूहका संस्थापक येभ्गेनी प्रिगोजिनले आफूहरुले न्याय निम्ति मार्च गरेको बताएका छन् । उनले आफूहरुमाथि क्षेप्यास्त्र र हेलिकप्टरबाट प्रहार भएकाले आफ्ना समूहका सदस्यले, न्यायका निम्ति मार्च गरेको बताएका हुन् । रुसी सेनाको रगत बग्न नदिन आफ्ना समर्थक फिर्ता भएको उनले बताए।

उनले आफ्ना कदम पुटिनविरुद्ध लक्षित नभएको पनि बताएका छन्। आफ्नो ११ मिनेटको भिडियो सन्देशमा उनले मार्चको उद्देश्य वाग्नरहरूको विनाश रोक्नु र आफ्ना अव्यावसायिक कदमहरूमार्फत कैयन त्रुटि गरेका अधिकारीहरूलाई जबाफदेही बनाउनु भएको उल्लेख गरेका छन् ।

उनले वाग्नरको नेतृत्वमा सुरुवाती आक्रमणहरू भएको भए युक्रेन युद्ध अहिलेभन्दा छिटो समाप्त हुने दाबी समेत गरेका छन् । त्यस्तै रुसी अधिकारीहरूले रक्षा मन्त्री सेर्गेइ शोइगुले युक्रेन युद्धकै सिलसिलामा एउटा अग्र सैन्य मोर्चामा भ्रमण गरेको भिडियो सार्वजनिक गरेका छन् ।

यसैबीच प्रधानमन्त्री मिखाइल मिसुस्टिनले राष्ट्रपतिको पछाडि सबै जना एकताबद्ध हुन आह्वान गरेका छन् । रुसका सरकारी सञ्चारमाध्यमहरूमा वाग्नर समूहको विद्रोहका नाइके येभ्गेनी प्रिगोजिनमाथि त्यहाँको सङ्घीय सुरक्षा सेवा एफएसबीले अनुसन्धान गरिरहेको विवरण आएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *