वीरगन्ज :

नेपाल वेस्टइन्डिजसँग १०१ रनले पराजित

श्रेणी : खेलकुद

2 years
birgunj report
33Views
0 Shares

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल वेस्टइन्डिजसंग १०१ रनले पराजित भएको छ । वेस्टइन्डिजले दिएको ३४० रनको लक्ष्य पन्छाएको नेपाल ४९ दशमलब ४ ओभरमा २३८ रनमा समेटियो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ६३ रन बनाए । यस्तै गुल्शन झाले ४२, कप्तान रोहित पौडेलले ३०, करण केसीले २८,आसिफ शेखले २८, दीपेन्द्रसिंह ऐरीले २३,कुशल भुर्तेलले ५,भीम सार्कीले २, कुशल मल्लले २,सन्दीप लामिछानेले १ रन बनाए ।

त्यसअघि जिम्बाबेको हरारे स्पोर्टस् क्लबमा टस हारेर ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतीमा ३३९ रन बनायो । जसमा शाई होप र निकोलश पूरनले शतक प्रहार गरे ।

होपले १३२ र पूरनले ११५ रन बनाए । दुई ब्याटरबीच चौथो विकेटको लागि दुईसय १६ रनको साझेदारी पनि भएको थियो । एक समय ५५ रन जोड्दा ३ विकेट गुमाएपछि धर्मराएको पारी होप र पूरनले सम्हालेका थिए ।

नेपालका लागि ललित राजवंशीले ३,सन्दीप लामिछाने, करण केसी,गुल्शन झा र दीपेन्द्रसिंह ऐरीले समान एक एक विकेट हात पारे । नेपालको यो दोस्रो हार हो । यसअघि जिम्बाव्वेसंग ८ विकेटले पराजित भएको थियो । यो हारसँगै नेपालको सुपर सिक्सको सम्भावना कमजोर बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *