
श्रेणी : BANNER
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले गरेको राजनीति वास्तविक राजनीति नभइ जनता अल्मल्याउने र राजनीतिप्रति जनतामा वितृष्ण जगाउने काम मात्रै गरेको आरोप लगाएका छन् ।
शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई जनताबाट अलग गर्न सकिन्छ भनेर भ्रम छर्न गठबन्धन व्यस्त रहेको आरोप लगाएका हुन् ।
उनले भने, ‘गठबन्धन एमालेको विरोध गर्नेतर्फ केन्द्रित भएको छ । त्यसमा पनि अझ बढी एमालेका अध्यक्षको विरोध गर्ने काममा लागेको छ। एमालेलाई जनताबाट कसरी अलग गर्न सकिन्छ भनेर भ्रम छर्न व्यस्त छ ।’
उनले एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउन समाजवादी मोर्चाको कुरा ल्याइएको बताए । उनले भने,’समाजवादी मोर्चा किन बनाउनेभन्दा एउटा नेकपा एमालेसँग मुकाबिला गर्न र अर्को काँग्रेस तर्साउन । लिभिङ टुगेदर चलेकै थियो छ त किन बनाउने मोर्चा ?’
उनले २०८४ सालको आम चुनावबाट एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने मिसनमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।


प्रतिक्रिया