वीरगन्ज :

समाजवादी मोर्चा बनाएर जान प्रचण्ड र बाबुरामबीच समझदारी

श्रेणी : BANNER

2 years
birgunj report
78Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष बाबुराम भट्टराईबीच समाजवादी मोर्चाबारे नयाँ समझदारी बनेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई नेताको भेटमा यस्तो समझदारी बनेको हो । भट्टराईले प्रधानमन्त्री प्रचण्ड र आफूबीच समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधिलगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी बनेको जानकारी दिएका छन् ।

भेटपछि सामाजिक संजालमार्फत भट्टराईले भनेका छन्, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग हालैको भारत भ्रमण,संघीय बजेट, टिआरसीलगायतका शान्ति प्रकृयाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चा लगायतका विविध विषयमा विहंगम कुराकानी ! देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धीहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि वृहद समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधि लगायतका विषयमा सम्भव सबै पक्षवीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी ! बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *