
श्रेणी : अन्तर्राष्ट्रिय
109Views
0
Shares
भारत सरकारले बिहीबारदेखि लागू हुने गरी भटमास तेल र सूर्यमुखी तेलको आयातमा लाग्ने भन्सार शुल्कमा पाँच प्रतिशत कटौती गरेको छ । तेलको आयातमा लाग्ने भन्सार शुल्क १७ दशमलव ५ प्रतिशतबाट घटाएर १२ दशमलव ५ प्रतिशतमा झारेको राजस्व विभागले जारी गरेको आधिकारिक सूचनामा उल्लेख छ ।
भारतमा खाना पकाउने दुवै तेल मुख्यतया अर्जेन्टिना, ब्राजिल, युक्रेन र रूसलगायत देशबाट आयात हुने गरेको छ । घरेलु माग पूरा गर्न र खाना पकाउने तेलको बढ्दो मूल्यलाई नियन्त्रण गर्न यी दुई उत्पादनहरूको थप आयातलाई अनुमति दिने उद्देश्यले यो कदम चालिएको हो । करिब छ महिनापछि भन्सार महसुलको दर पुनरावलोकन गरिएको थियो ।


प्रतिक्रिया