वीरगन्ज :

‘वानएक्स बेट’को विज्ञापन गरेको आरोपमा कलाकारहरु पक्राउ

श्रेणी : BANNER

2 years
birgunj report
188Views
0 Shares

काठमाडौं । अनलाइन बेटिङ एप ‘वानएक्स बेट’मा सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा कलाकारहरु पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलाकार ‘बल्छी धुर्वे’ को नामले परिचित मरिचमान श्रेष्ठ, राजु मास्टरले चिनिएका राजु पौडेल, म्याकुरी नामले चिनिएका पवन खतिवडालगायतलाई पक्राउ गरेको हो ।

उनीहरूसँगै अलिस राई, जलन घर्तिमगर, गणेश देवकोटा, ढुेडु बुढोले चिनिएका सरोज घिमिरे, भटभटे माइलाको नामले चिनिएका बेगम नेपाली पनि पक्राउ परेका छन् ।

उनीहरूले अवैध ‘वानएक्स बेट’ खेल्न प्रोत्साहन गर्ने उद्देश्यले विज्ञापन प्रशारण गर्नेदेखि अभिनयसमेत गरेको खुलेको प्रहरीले जनाएको छ । बुधबार प्रहरीले बुधबार वानएक्स बेट सञ्चानल गर्ने पाँच जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *