वीरगन्ज :

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो चरेससहित जर्मन नागरिक पक्राउ

श्रेणी : समाज

2 years
birgunj report
16Views
0 Shares

काठमाडौं । जर्मन नागरिक ६ किलोभन्दा बढी चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । सोमबार बिहान टर्किस एयरलाइन्सबाट काठमाडौंबाट इस्तनाबुल हुँदै सुत्तगार्ट जाँदै गरेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ६३ वर्षीय पल रिस्ट रहेका लागुऔषध नियन्त्रण व्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिएका छन् । विमानस्थल प्रहरीले जाँच गर्दा चरेस बरामद भएको थियो । त्यसपछि प्रहरीले लागुऔषध नियन्त्रण व्युरोको जिम्मा लगाएको थियो । प्रहरीले उनको साथबाट ६ किलोभन्दा बढी चरेस बरामद भएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *