
श्रेणी : अन्तर्राष्ट्रिय
युरोपेली सङ्घ (ईयू) ले ट्युनिसियालाई सङ्कटग्रस्त अर्थतन्त्रलाई उकास्न र भूमध्यसागरमा अनियमित आप्रवासीको प्रवाह कम गर्न एक अर्ब युरोभन्दा बढी सहयोगको प्रस्ताव गरेको छ ।
उत्तर अफ्रिकी देश, अत्यधिक ऋणी र बेलआउटको लागि वार्तामा छ । यो युरोपको खतरनाक यात्राको प्रयास गर्ने आप्रवासी र शरण खोज्नेहरूको लागि प्रवेशद्वार हो ।
युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले इटालियाली र डच प्रधानमन्त्रीहरूसँगको संयुक्त भ्रमणका क्रममा ट्युनिसियालाई दीर्घकालीन सहायताका लागि ९० करोड युरो र तत्काल १५ करोड युरो सहयोग गर्न तयार रहेको बताएकी थिइन् ।
व्यापार र लगानीका साथै यसले ट्युनिसियालाई सीमा व्यवस्थापन र मानव बेचबिखनविरुद्ध लड्न सहयोग गर्ने र यस वर्ष १० करोड युरो बराबरको सहयोग प्राप्त गर्ने उनले बताइन् । राष्ट्रपति काइस सैयदसँगको चारपक्षीय वार्तापछि भोन डेर लेयेनले यसै महिनाको अन्त्यमा हुने अर्को युरोपेली शिखर सम्मेलनअघि इयू–ट्युनिसिया सम्झौतामा हस्ताक्षर हुने आशा व्यक्त गरेकी छन् ।

प्रतिक्रिया