वीरगन्ज :

प्रधानमन्त्रीविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

श्रेणी : समाचार

2 years
birgunj report
16Views
0 Shares

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले लेलिन विष्टले दिएको रिट दर्ता गर्न आदेश दिएको हो । विष्ट जनयुद्धमा बाल सेना दुरुपयोगसम्बन्धी निवेदन लिएर गएका थिए ।

सर्वोच्च प्रशासनले यसअघि दरपीठ गरेको रिटलाई बदर गर्दै इजलासले दर्ता गर्न आदेश दिएको हो । पूर्व अयोग्य लडाकुको रुपमा आफूहरु भौंतारिएर हिँडेको तर माओवादी र सरकारबाट कुनै राहत वा सहयोग नपाएको जिकिर रिटमा गरिएको छ।

माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा बालसेनाको प्रयोग भएको र उनीहरुलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने नत्र माओवादी र उक्त दलका अध्यक्ष प्रचण्डले जिम्मेवारी लिनुपर्ने दाबी रिटमा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *