वीरगन्ज :

रास्वपाका सांसदले प्रधानमन्त्री भैंसी चढेर आएको भनेपछि…

श्रेणी : BANNER

2 years
birgunj report
47Views
0 Shares

काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड भैँसी चढेर आएको भनेपछि संसदमा सत्तापक्षी र प्रतिपक्षबीच विवाद भएको छ । रास्वपा संसद शिशिर खनालले प्रधानमन्त्री भैँसी चढेर आएको टिप्पणी गरेपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका थिए ।

पाण्डेले यो शब्द रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेले आग्रह गरेका थिए । त्यसपछि सभामुखले त्यो शब्द रेकर्डबाट निर्देशन दिएपछि सत्तापक्ष र प्रतिपक्षी सांसदबीच विवाद भएको हो ।

त्यसअघि प्रधानमन्त्रीले मुर्रा जातको राँगा ल्याउने सम्झौता ७ वर्षअघि नै भएको बताएका थिए । प्रधानमन्त्रीले ७ वर्षअघि सम्झौता भएको कुरालाई अहिले आफू भारत भ्रमणमा गएको बेलामा कुरा निस्किएपछि आफूलाई भैंसीमाथि चढाएर ट्रोल बनाएको बताए।

उनले भने, ‘यो राँगाको कुरा अहिले भनेको कुरा होइन। मुर्रा जातको राँगा ल्याउने सहमति सात वर्षअघि भएको रहेछ। मान्छेले मलाई भैंसी चढाएर हिँडाएका छन्।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *