वीरगन्ज :

एकैदिन काठमाडौं उपत्यकामा ३४ सय १९ जना सवारी चालकमाथि कारवाही

श्रेणी : समाचार

2 years
birgunj report
7Views
0 Shares


काठमाडौ, भदौ २० गते।
ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४१९ जना सवारी चालकहरूलाई आइतबार काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारवाही गरेको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २९० जना, हर्नको अनावश्यक प्रयोग गर्ने २३० जना, मदिरा पिएर सवारी साधन चलाउने १५८ जना र तीव्र गतिमा सवारी साधन चलाउने ११९ जना रहेका छन् ।

यस्तै ढोका खुल्लै राखेर सवारी चलाउने १२५ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १०६ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने १०६ जना, लेन उल्लङ्घन गर्ने ९२ जनालाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । रातो बत्तीको उल्लङ्घन गर्ने ८६ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २४ जना चालकमाथि पनि कारवाही गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *