वीरगन्ज :

प्रमाणबिनै आईजीपीलाई विवादमा तानिएको भन्दै नेपाल प्रहरीको आपत्ति

श्रेणी : समाचार

2 years
birgunj report
43Views
0 Shares

काठमाडौं । नेपाल प्रहरीले नक्कली शरणार्थी प्रकरणसँग जोडेर प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई विवादमा तानिएको भन्दै आपत्ति जनाएको छ ।

बुधबार प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गरी कुनै आधार, तथ्य र प्रमाणबिना अपराध अनुसन्धानजस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएका समाचारले जनतामा भ्रम सिर्जना हुने बताएको हो । साथै प्रहरी संगठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमान्डमा समेत आँच आउने भएकाले आईजीपीलाई जोडेर आएका समाचारमा नेपाल प्रहरी प्रधान कार्यालयको पूर्ण असहमति रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *