श्रेणी : BANNER
वीरगंज (पर्सा), २ जेठ । वीरगंज महानगरपालिकाको ३० नम्बर वडा कार्यालयले एसईई उत्तीणर् गरि कक्षा ११ मा अध्ययनरत छात्राहरुलाई कम्प्युटर वितरण गरेको छ । वडा कार्यालयले मंगलबार एक कार्यक्रमको आयोजना गरि वडा अन्तर्गतका १६ जना एसईई उतिणर् छात्राहरुलाई कम्प्युटर सेट वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथी पूर्व मन्त्री एवम् पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादव र बिशिष्ट अतिथी वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले छात्राहरुलाई कम्प्युटर वितरण गरेका हुन् ।
छात्राहरुले प्राप्त गरेको उपलब्धिको मूल्याङकन गर्दै आगामी दिनमा पनि पढाइलाई निरन्तरता दिन प्रोत्साहन स्वरुप वडाले कम्प्युटर वितरण गर्नु कार्य सराहनिय भएको सांसद यादवले वताए । वडाध्यक्ष मनोज यादवले परोपकारी तथा निकै महत्वपूणर् कार्यक्रम ल्याएको वताउँदै सांसद यादवले उनलाई विशेष धन्यवाद समेत दिए । उनले भने “आशा गर्दछु अन्य वडाका प्रतिनिधिहरूले पनि उहाँबाट सिक्नु हुन्छ ।” चुनावी घोषणापत्र अनुसार एसईई उत्तीणर् गरी हाल कक्षा ११ मा अध्ययनरत छात्राहरुलाई कम्प्युटर प्रदान गरिएको वडाध्यक्ष यादवले वताए । उनले कम्प्युटर शिक्षामा पनि दक्ष बनाउने उद्देश्यका साथ छात्राहरुलाई कम्प्युटर वितरण गरिएको वताए ।
यसपालि एसईई परीक्षामा सहभागी भएका छात्राहरुलाई असार मसान्तपछि कम्प्युटर प्रदान गर्ने योजना रहेको वडाध्यक्षले सुनाए । छात्राहरुलाई ल्यापटप वितरण गर्ने योजना भए पनि बजेट अभावका कारण डेस्कटप कम्प्युटर वितरण गर्नुपरेको उनले सुनाए ।
वडाध्यक्ष यादवको अध्यक्षतामा भएको कम्प्युटर वितरण कार्यक्रममा पूर्व प्रदेश सभा सदस्य जन्नत अन्सारी, वडा नं. ३१ का वडाध्यक्ष जितेन्द्र यादवसहित समाजिक अगुवा, प्रधानाध्यापक, शिक्षक / शिक्षिका, स्थानीय लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो । वीरगंज टाईम्स
प्रतिक्रिया