वीरगन्ज :

पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते

श्रेणी : समाज

2 years
birgunj report
28Views
0 Shares

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको पर्सा बजारमा बस दुर्घटना हँुदा ३१ जना घाइते भएका छन् । कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आफैँ अनियन्त्रित भई गएराति दुर्घटना भएको हो ।

खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । दुर्घटनामा घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र १४ जना सामान्य घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य १६ जनाको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *