श्रेणी : BANNER
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी छुट्न नहुने र निर्दोष फस्न नहुने बताएका छन् । बिहीबार पार्टीको केन्द्रीय कमिटी बैठक सुरु हुनुअघि पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले निर्दोष फस्न हुँदैन भन्नै आफ्नो धारणा रहेको बताए ।
उनले यो प्रकरणको पूरै ‘फिल्म’ हेर्न भने बाँकी रहेको बताए । उनले भने,‘देखाउने भनेको जति फिल्म सुरु भएको छैन । देखाउँछु भन्नेले देखाउनु पर्छ।’ उनले २०४७ सालदेखिका भ्रष्टाचारमा छानबिन गर्न माग गरे । उनले भने, ‘भ्रष्टाचार नियन्त्रण गरौँ भनेर लड्दै आएको लडाइँ हो। अहिले आएर बल्ल अगाडि बढेको छ। त्यसमा म खुसी नै छु।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन अघि बढाएपछि प्रधानमन्त्रीले अहिले ट्रेलर मात्रै भएकाले फिल्म देखाउन बाँकी रहेको बताएका थिए । यसप्रकरणमा संलग्न भएको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित एकदर्जन पक्राउ परेका छन् । एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएपछि फरार छन् ।
प्रतिक्रिया