वीरगन्ज :

दोषी कोही पनि उम्कन नपाओस् भनेर निर्देशन दिएको छुः प्रधानमन्त्री

श्रेणी : BANNER

2 years
birgunj report
25Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणर्थी प्रकरणमा कसैलाई नछाड्ने बताएका छन् । बुधबार प्रमुख तीन दलका शीर्ष नेताको बैठकपछि बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले दोषी कोही पनि उम्कन नपाओस् भनेर निर्देशन भएको जानकारी दिए ।

उनले शीर्ष नेताहरूबीचको छलफल संसदमा रहेका विधेयक अघि बढाउने र संसद्को प्रभावकारिता कायम गर्ने विषयमा भएको बताए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले गरिरहेको अनुसन्धानलाई कुनै बाधा नगर्ने सहमति शीर्ष नेताबीच भएकोसमेत जानकारी दिए ।

उनले भने,’हाम्रो भेटघाट बाहिर संचारमाध्यममा आएजस्तो होइन। दोषी उम्किन दिनुहुन्न भन्ने समझदारी भएको छ । सदनलाई कसरी अघि बढाउने भन्ने कुरामा विस्तृत कुरा भयो। संसदीय समिति कसरी बनाउने आदिमा कुरा भयो ।’

प्रधानमन्त्रीको कार्यालयमा बुधबार दिउँसो प्रधानमन्त्री, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको हो । तीन नेताबीच मंगलबार पनि दुई घण्टा छलफल भएको थियो । शीर्ष नेताहरुको भेट नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई जोगाउन छलफल भइरहेको भन्ने आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *