वीरगन्ज :

बारामा ७० केजी गाँजासहित दुई जना पक्राउ

श्रेणी : समाचार

2 years
birgunj report
10Views
0 Shares


काठमाडौं, भदौ १९ गते ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ बाट करिव ७० केजी अवैध लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका–७ बिजौना बस्ने ३५ वर्षीय सुन बहादुर थिंग र सोही गाउँपालिका–१ चकरी बस्ने २० वर्षीय सुभाष लामा रहेका छन् । उनीहरुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ६९०६ नम्बरको मिनीट्रकलाई इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकमा लुकाई ल्याएको उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *