वीरगन्ज :

पुटिनमाथि आक्रमण गरेको आरोप जेलेन्स्कीद्वारा अस्वीकार

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
7Views
0 Shares

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ज्यान लिने प्रयास गरेको भन्ने क्रेमलिनको आरोप अस्वीकार गरेका छन् । फिनल्यान्ड भ्रमणमा रहेका जेलेन्स्कीले आफूहरुले पुटिन र मस्कोमाथि आक्रमण नगर्ने बताए । उनले आफूहरुले आफ्नो भूभागको रक्षाका लागि लडिरहेको बताए ।

यसअघि रुसी राष्ट्रपतिको कार्यालयले पुटिनको ज्यान लिने उद्देश्यले भएको ड्रोन आक्रमण निस्तेज पारिएको बताएको थियो । रुसले आवश्यक ठानिए जुनसुकै समय र स्थानमा पनि प्रतिकार गर्न सक्ने चेतावनी दिएको छ अनलाइनमा फैलिएका अपुष्ट भिडियोहरूमा क्रेमलिन भनिने मस्कोस्थित एउटा ठूलो सरकारी भवनबाट बुधबार धुवाँ निस्कँदै गरेको देखिन्छ ।

दोस्रो भिडियोमा संसद भवनमाथि एउटा सानो विस्फोट देखिन्छ र दुई जना मानिसहरू भवनको गुम्बजमाथि देखा पर्छन् । रुसी राष्ट्रपति कार्यालयले युक्रेनबाट क्रेमलिनस्थित पुटिनको निवासमाथि आक्रमणको प्रयास भएको भन्दै त्यसलाई योजनाबद्ध आतङ्कवादी हमला र राष्ट्रपतिको हत्या प्रयासको संज्ञा दिएको छ।

अधिकारीहरूले उक्त भवनलाई निशाना बनाइरहेका दुई वटा ड्रोनहरू इलेक्ट्रोनिक रडारको प्रयोग गरेर निष्क्रिय पारिएको बताएका छन् । राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले पुटिन त्यस बेला क्रेमलिनमा नरहेको बताएका छन् ।

तर युक्रेनले भने रुसी आरोप आफ्नो भूभागमा ठूलो आक्रमण अघि बढाउने रुसी बहाना मात्रै भएको बताएको छ । अमेरिकाले पनि रुसको दाबीलाई धेरै सावधानीपूर्वक हेरिरहेको बताएको छ । रुसी राष्ट्रपति पुटिन विश्वमै सबैभन्दा धेरै सुरक्षा दिइने नेताहरूमध्येमा पर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *