वीरगन्ज :

नेपालसँग सिधा हवाईसेवा सञ्चालन गर्न कम्बोडिया ईच्छुक

श्रेणी : BANNER

2 years
birgunj report
8Views
0 Shares

काठमाडौ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री सम्देक टोको हुनसेन बीच भेटवार्ता भएको छ । कम्बोडियाको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिना र प्रधानमन्त्री हुनसेनबीच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा कम्बोडिया र नेपालका बीच सिधा हवाईसेवा सञ्चालन गर्ने र द्वन्द्वत्तर दुई देशका बीचको शान्ति प्रकृयाका अनुभवहरू आदनप्रदान गर्ने बिषयमा छलफलसमेत भएको छ ।

अध्यक्ष तिमिल्सिनाले दुई तिहाइ भन्दा बढी बौद्दमार्गी रहेको कम्बोडिया र गौतम बुद्धको जन्मस्थान नेपालका बीच सिधा हवाई सेवा सञ्चालन गर्दा त्यसले धार्मिक पर्यटनको विकास हुने धारणा राखेका थिए । नेपाल गौतम बुद्धको जन्मथलो भएकाले नेपाल बौद्ध धर्मावलम्बीहरुको लागि महत्वपूर्ण गन्तव्य रहेको उनको भनाई थियो ।

कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुन सेनले सिधा हवाई सेवा सञ्चालनका आफ्नो देश सकारात्मक रहेको बताए । गौतम बुद्धले देखाएको शान्ति र अहिंसाको बाटोका कारण बौद्ध धर्मका अनुयायीहरु विश्वभर बढेको अबस्थामा यसले शान्तिको सन्देश फैलाउन पनि सहयोग पुग्ने विश्वास दुबै जनाको थियो।

नेपाल र कम्बोडियाले इतिहास र वर्तमानमा द्वन्द्वलाई नजिकबाट देखेका भोगेको हुनाले द्वन्द्वपछिको अनुभव आदनप्रदान गर्न पनि दुई पक्षिय सम्बन्ध बिस्तारमा पनि जोड दिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *