वीरगन्ज :

अबको डेढ वर्षमा अर्थतन्त्र नसुधारे देश असफल राष्ट्र बन्छः अध्यक्ष ओली

श्रेणी : BANNER

2 years
birgunj report
8Views
0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार रहिरहे देश असफल राष्ट्र बन्ने बताएका छन् ।

एमाले काठमाडौं महानगर कमिटीले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको आर्थिक अवस्था टाट पल्टिन लागेको र वर्तमान सरकार रहिरहे देश असफल राष्ट्र बन्ने बताएका हुन् । हालै सार्वजनिक राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदन उल्लेख गर्दै अध्यक्ष ओलीले देशको अर्थतन्त्र ओरालो लागेको बताउँदै देश असफल राष्ट्र बन्ने खतरा औँल्याएका हुन् ।

देशको अर्थतन्त्र संकटमा रहेको र प्रचण्ड सरकार रहिरहे देश अनिवार्य टाट पल्टिने उनको आरोप थियो । अबको डेढ वर्षमा अर्थतन्त्र नसुधारे देश असफल राष्ट्र बन्ने उनको भनाइ छ । आर्थिक अभावका कारण आयातमा समेत कमी आएको भन्दै ओलीले तीव्र गतिका साथ अर्थतन्त्र ऋणात्मक हुँदै गएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *