वीरगन्ज :

हङ्गेरीका सेना प्रमुख रूसिन सेन्डी पदबाट बर्खास्त

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
26Views
0 Shares

हङ्गेरीका सेना प्रमुखलाई राष्ट्रपतिको आदेशअनुसार पदमुक्त गरिएको छ । उनलाई हटाइनुको कारण खुलाइएको छैन । गत जनवरीमा प्रधानमन्त्री भिक्टर ओर्बानको सरकारले पारित गरेको कानुनअनुसार रक्षामन्त्रीले ४५ वर्षभन्दा माथिका कुनै पनि व्यक्तिलाई बर्खास्त गर्न सक्ने व्यवस्था भएपछि यस वर्ष सयौं वरिष्ठ अधिकारी र सैन्य गुप्तचर अधिकारीलाई बर्खास्त गरिएको छ ।

सरकारले सशस्त्र बललाई पुनर्जीवित गर्न चाहेको बताइरहँदा विपक्षी दलहरूले पश्चिमा उन्मुख नेटो समर्थक अधिकारीहरूलाई प्रतिस्थापन गर्ने उद्देश्यले सैनिकलाई ‘शुद्धीकरण’ गर्न खोजिएको बताएका छन् ।

gहङ्गेरीका राष्ट्रपति कातालिन नोभाकले हस्ताक्षर गरेको आदेशमा अप्रिल २७ देखि लागू हुने गरी हङ्गेरीको रक्षा बलका कमान्डर लेफ्टिनेन्ट जनरल रोमुलुस्ज रूसिन–सेन्डीलाई पदबाट बर्खास्त गरेको उल्लेख छ । रूसिन–सेन्डीले ‘अर्को क्षेत्रमा आफ्नो देशको सेवा गरिरहने’ विज्ञप्तिमा उल्लेख छ । यो कदम यसवर्ष सेनाका वरिष्ठ दर्जाहरूमा उथलपुथलपछि आएको छ । यो कदमले हङ्गेरीको रक्षा खर्चलाई बढाएको र सेनामा ‘प्रदर्शनमा निर्भर प्रतिस्पर्धात्मक स्थिति’ सिर्जना गर्न चाहेको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *