वीरगन्ज :

शैक्षिक संस्थाहरू राजनैतिक षडयन्त्रका अखडा भए–एमाले निकट प्राध्यापकहरू

श्रेणी : राजनीति

2 years
birgunj report
135Views
0 Shares

महोत्तरी , भदौ १८ गते । नेपाल प्रगतिशील प्राध्यापक संघले मधेस प्रदेशको उच्चशिक्षा अति राजनीतिकरण भएको आरोप लगाएका छन् । संघको दोश्रो प्रदेश सम्मेलनमा मधेश प्रदेशमा उच्चशिक्षा कार्यपत्र प्रस्तुत गर्दै शैक्षिक संस्थाहरू राजनैतिक षडयन्त्रका अखडाको रुपमा स्थापित भएको प्रति प्राध्यापकहरूले चिन्ता व्यकत गरेका हुन् ।

हरेक क्याम्पसमा हुने राजनैतिक भागबन्डा र क्याम्पस सञ्चालनमा सग्लन व्यक्तिको गुण दोषको आधारमा नभइ राजनैतिक आस्थाका आधारमा सहयोग गर्ने परिपाटीको विकास हुँदै गएको उनीहरूको भनाइ छ ।

विश्वविद्यालय अनुदान आयोगको तथ्यांकअनुसार मधेश प्रदेशमा एक सय ३१ वटा क्याम्पस छन् । जसमध्ये सता वटा आङ्गिक क्याम्पस, समबन्धन प्राप्त ४२ वटा सामुदायिक क्याम्पस र ८२ वटा निजी छन् ।

प्राध्यापकहरूले मधेश प्रदेशमा नियमित पठनपाठन नहुने, शैक्षिक गुणस्तर खस्कदै गएकोप्रति चिन्ता व्यक्त गर्दै प्रदेश सरकारको उदासिनतालाई लिएर आपत्ति जनाएका छन् ।

उच्च शिक्षाको जिम्मेवारी प्रदेशलाई दिए पनि सुधारको लागि प्रदेश सरकारले देखाएको उदासिनता नै परिणामस्वरूप उच्च शिक्षाको स्तर खस्कदै गएको प्राध्यापकहरूको बुझाइ छ । सम्मेलनको आयोजना नेकपा एमाले निकट प्राध्यापक संघले गरेको हो ।

मधेश प्रदेशका १३१ वटा क्याम्पसमध्ये बारामा नौ वटा, धनुषामा २७ वटा, महोत्तरीमा १२ वटा, पर्सामा १५ वटा, रौतहटमा १६ वटा, सप्तरीमा २० वटा, सर्लाहीमा ११ वटा र सिरहामा १३ वटा क्याम्पस छन् ।

नेकपा एमालेले ओलीको पालामा मधेशमा आमूल परिवर्तन गर्‍यो –सचिव माहासेठ
सम्मेलन उद्घाटनसत्रका प्रमुख अथिती नेकपा एमालेका केन्द्रीय सचिव रघुवीर माहासेठले पनि प्राध्यापकहरूको चिन्ताप्रति ऐक्यबद्धता जनाए । मधेस प्रदेशको शिक्षामा अपेक्षित सुधार हुन नसकेको बताउँदै माहासेठले केही तत्वहरूले मधेशमा निक्कै षडयन्त्र गरेको आरोप लगाए ।उनले मधेस प्रदेशको शिक्षा सुधारमा नेकपा एमालेले मिहिनेत गरेको बताउँदै ओली सरकारको पालामा मधेशमा निक्कै परिवर्तन भएको दावी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *