वीरगन्ज :

महिलाको आय आर्जन बढाउन महिला उद्यमी केन्द्र स्थापना गरिने

महिलाको आय आर्जन बढाउन महिला उद्यमी केन्द्र स्थापना गरिने

श्रेणी : BANNER

2 years
Pradeep Sah
18Views
0 Shares

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंहले महिलाको आय आर्जन बढाउन महिला उद्यमी केन्द्र महानगर पालिकाले चाँडै स्थापना गर्ने बताएका छन् । महानगरपालिकाकाे वडा नं. ५ वडा समितिको आयोजनामा मातातीर्थ औसी आमाको मुख हेर्ने कार्यक्रलाई सम्बाेधन गर्दै मेयर सिंहले यस्ताे वताएका हुन् ।

उनले आमाहरुको सम्मान र साथ सहयोग गर्न वीरगंज महानगरपालिका तत्पर रहेको बताउँदै आफ्नो घरआंगन, टोल र नगरको सरसफाइमा लाग्न आग्रह समेत गरे ।

वडाध्यक्ष प्रदीप चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ महिलाहरुलाई मेयर सिंहले सम्मान गरेका थिए । आमा समुहको सहयोगमा आयोजित कार्यक्रममामा ठुलो संख्यामा माहिलाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिम कान्त पौडेल, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, नगर प्रमुखको प्रेस सल्लाहकार महेश दास, सशस्त्र प्रहरी नायब उपरीक्षक रामजङ्ग पाण्डे, प्रहरी निरीक्षक विदुर सापकोटा, मानवअधिकारकर्मी कृष्ण खनाल, आमा समुहको अध्यक्ष जुली श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *