
श्रेणी : राजनीति
14Views
0
Shares
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारतको नयाँदिल्ली लगिएको छ। पेटमा समस्या देखिएपछि मंगलवार शिक्षण अस्पतालमा आकस्मिक रुपमा भर्ना भएका राष्ट्रपति पौडेललाई बुधबार बिहान नयाँदिल्ली लागिएको हो ।
उनलाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत दिल्ली लगिएको हो । उनको नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचार हुनेछ । यसअघि पेटमा समस्या देखिएपछि पौडेल चैत १९ गते अस्पताल भर्ना भएका थिए।
पाँच दिनको उपचारपछि डिस्चार्ज गरिएको थियो । तर, स्वास्थ्य समस्या आएपछि उनलाई मंगलबार बिहान फेरि अस्पताल भर्ना गरिएको थियो।

प्रतिक्रिया