वीरगन्ज :

पार्टीले टिकट दिनेमा विस्वस्त छु–उपसभामुख भुसाल

श्रेणी : राजनीति

4 years
birgunj report
141Views
0 Shares

काठमाडौ । भदौ १८ गते
उपसभामुख तथा नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसालले आगामी प्रतिनिधि सभा निर्वाचनमा आफू अर्घाखाँचीबाट उम्मेदवार बन्ने संकेत गरेकी छन् । उपसभामुखमा निर्वाचित भएपछि पहिलोपटक गृहजिल्ला पुगेकी भुसालले जिल्लाबाट प्रत्यक्ष निर्वाचनको लागि आफूले इच्छा जाहेर गरेको भन्दै स्वाभाविक उम्मेदवारी रहने स्पष्ट पारेकी हुन् ।

युवाहरुलाई अवसर दिने बहानामा पुरानालाई निषेधको राजनीति गरिनु नहुने भुसालले बताईन ।हो नयाँलाई ठाउँ दिनुपर्छ भन्दाभन्दै पुरानालाई निषेध गर्नुहुदैनु, भुसालले भनिन नयाँले अवसर पाउनुपर्छ भन्दैगर्दा पुरानाले राजनीतिक इच्छा राख्नु स्वाभाविक हो । उनीहरुको अधिकार कुण्ठीत गरिनुहुदैन ।

टिकट पाउने नपाउने पार्टीको हातमा रहेको भन्दै उपसभामुख भुसालले टिकट पाउनेमा आफु विस्वस्त रहेको बताईन ।पार्टीले टिकट दिनेमा विस्वस्त छु, दिएनछ भने जसले टिकट पाउनुहुन्छ उहाँलाई सहयोग गरेर अगाडी बढ्न तयार छु । भुसालले भनिन ।नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले भुसालको सम्मानमा आयोजना गरेको कार्यक्रममा नेतृ भुसालले गठबन्धनले सिटको बाँडफाँडको अन्तिम टुंगो लगाउने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *