वीरगन्ज :

आज सिराहामा करेन्ट लागेर एक जनाको मृत्यु

श्रेणी : समाचार

2 years
birgunj report
35Views
0 Shares


काठमाडौ । भदौ १८ गते
आज सिराहामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । नरहा गाउँपालिका–५ का २२ वर्षीय सुनिल यादवको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान हात मुख धुनका लागि घरमै रहेको पानी तान्ने मोटरको तार विद्युतीय बोर्डमा जोडने क्रममा करेन्ट लागेर यादव घाइते भएका थिए ।

घाइते उनलाई धनगढीमाई नगरपालिका–९ स्थित आरके मेडिसीटि अस्पतालमा पुर्‍याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *