वीरगन्ज :

नाइजेरियाको उत्तरी क्षेत्रमा बन्दुकधारीको आक्रमणमा ५० जनाको मृत्यु

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
31Views
0 Shares

नाइजेरियाको उत्तरी मध्य भागमा रहेको एक ग्रामीण गाउँमा बन्दुकधारी एक समूहले आक्रमण गर्दा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ ।
बेनुए राज्यको उमोगिडी समुदायमा बुधबार यो आक्रमण भएको बताइएको छ । उक्त स्थानमा घुमन्ते गोठालाहरू र जमिन र स्रोतहरूको लागि प्रतिस्पर्धा गर्ने स्थायी किसानहरू बीच बदलाका लागि भिडन्तहरू हुने गर्छन् ।

घटनामा४६ जनाको मृत्यु भएको र धेरै मानिस अझै हराइरहेका बेनुए राज्यका प्रशासकका सुरक्षा सल्लाहकार पल हेम्बाले बताए । उनले गोठालाहरूले विगत एक महिनादेखि स्थानीय समुदायमाथि आक्रमण गरिरहेको आरोप लगाए ।

आक्रमणको कारण स्पष्ट नभए पनि बेनुई किसान र गोठालाहरूबीचको झडपबाट सबैभन्दा बढी प्रभावित भएको छ । उनीहरूले आफ्नो गाईवस्तु चराएर खेतीयोग्य जमिन नष्ट गरेको आरोप किसानहरूले लगाएका छन् ।

साम्प्रदायिक हिंसा निर्वाचित राष्ट्रपति बोला तिनुबुले सामना गर्नुपरेको सुरक्षा चुनौतीमध्ये एक हो । गत महिना भएको राष्ट्रपतीय निर्वाचनमा नतिजामा भारी विलम्ब भएको र धाँधली भएको आरोप लगाएका थिए ।

सुरक्षा फौजले देशको उत्तरपश्चिममा १४ वर्ष लामो जिहादी द्वन्द्व र दक्षिणपूर्वमा पृथकतावादीहरूको आक्रमणसँग पनि जुधिरहेको छ ।

देशको उत्तरपश्चिम र मध्य भागमा अन्तरसाम्प्रदायिक हिंसा व्यापक अपराधमा परिणत भएको छ, जहाँ भारी सशस्त्र डाकु लडाकूहरूले गाउँहरूमा तोडफोड गर्छन् र फिरौतीको लागि सामूहिक अपहरण गर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *