वीरगन्ज :

पहिचानको मुद्दा माओवादीले नछाड्ने

श्रेणी : राजनीति

2 years
birgunj report
27Views
0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट जनवर्गीय संगठनहरुले पहिचानको आधारमा प्रदेशको नामाकरणको माग गरेका छन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी किराती राष्ट्रिय मुक्ति मोर्चा, नेपाल, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, लगायतका जातीय मुक्ति मोर्चाका पदाधिकारी सहितको प्रतिनिधि मण्डलले ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा पार्टीले पहिचानको पक्षमा उठेको आन्दोलनको अपनत्व लिँदै नेतृत्वदायी भूमिका खेल्न प्रधानमन्त्रीसमक्ष अनुरोध गरिएको छ । प्रदेशको नामाकरण कोशी भएपछि उत्पन्न परिस्थित र त्यसको तत्काल वार्ताबाट समाधान गर्न र आन्दोलनको क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले पहिचानको मुद्दालाई सुरुदेखि माओवादीले उठाएका भन्दै यो मुद्दा अहिलेसम्म नछोडेको र भविष्यमा पनि नछोड्ने बताएको माओवादी नेता हिमाल किराँतीले जानकारी दिए ।

पहिचान पक्षधरले कोशी प्रदेशको नाम खारेज गरेर नयाँ नाम राख्नुपर्ने मागसहित आन्दोलन गर्दै आएका छन् । त्यसक्रममा भएको झडपमा एक आन्दोलनकारीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *