वीरगन्ज :

मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगितामा धनुषा लाइ पराजित गर्दै पर्सा फाइनलमा प्रवेश

मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगितामा धनुषा लाइ पराजित गर्दै पर्सा फाइनलमा प्रवेश

श्रेणी : खेलकुद

2 years
Pradeep Sah
20Views
0 Shares

वीरगंज, पर्सा

मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगितामा धनुषा लाइ पराजित गर्दै पर्सा फाइनलमा प्रवेश गरेको छ।

वीरगंजकाे आदर्शनगर रंगशालामा बिहिबार भएकाे दोस्रो सेमिफाइनल खेलमा धनुषा विरुद्ध ३-१ काे सहज जित निकाल्दै पर्सा ले फाइनलकाे यात्रा तय गरेकाे हाे ।

पहिलो खेल अवधिभर धनुषा माथि हाबी भएकाे पर्साका लागि कृषणा शाक्य १ र सुजल डंगोल ले एक गाेल गरेका थिए।दोस्रो हाप टाइम पछि खेलकाे २५ ओैं मिनेटमा धनुषा का अमन चौधरी १ गाेल गरेका थिए।

उपाधिका लागि चैत १८ गते हुने फाइनलमा अब बाराले बिहीबार पर्सा र धनुषाा बिच हुने दाेश्राे सेमिफाइनल खेलकाे विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १३ औं स्मृति दिवसकाे अवसरमा गिरिजाप्रसाद काेइराला फाउन्डेसनले आयाेजना गरेकाे प्रतियोगितमा मधेस प्रदेशकाआठ वटै जिल्लाका गरि आठ टिम सहभागी छन् ।

आजको खेल प्रतियोगिता मधेश बिश्वाबिधालयका उपकुलपति डा दीपक शाक्य प्रमुख अतिथियमा भएको कार्यक्रममा बि.अ.सिटीज़न्स बैंक का मधेस प्रदेश का प्रबन्धक दिवस ठकुरी, लक्ष्मी बैंकका साखा प्रबन्धक रोहिणी आचार्य को सहभागिता रहेको थियो।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५१ हजार र उपविजेताले नगद ७५ हजार रुपैयाँ पुरस्कार पाउने फाउण्डेसनका अध्यक्ष धिरजकुमार गुप्ताले जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *