
श्रेणी : BANNER
19Views
0
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो।
सभामुखको अधिकार कटौती गर्ने बारेमा बहस भइरहेको बेला सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्ता जारी छ।
प्रधानमन्त्री र सभामुखबीचमा प्रतिनिधि सभालाई गतिशील बनाउनेलगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया