वीरगन्ज :

कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ मा भएको घटनाको छानविन गर्न समिति गठन गरिने

श्रेणी : BANNER

2 years
birgunj report
28Views
0 Shares

काठमाडौं । सरकारले कोशी प्रदेश नामाकरण विवादपछि यही चैत ५ गते भएको घटनाको छानविन गर्न समिति गठन गर्ने भएको छ ।

प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्डको’ आह्वानमा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेश नामकरण विवादपछि देखिएको घटनाक्रमप्रति सरकार गम्भीर रहेकोे र चैत ५ गते भएको घटनाका सम्बन्धमा गृहमन्त्रालयले समिति गठन गरी तत्काल छानबिन अघि बढाउने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सम्बन्धित पक्षलाई संवादका लागि आह्वान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *