वीरगन्ज :

राहुल गान्धीको लोकसभा सदस्यको पद खारेज

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
17Views
0 Shares

भारतमा कंग्रेस नेता राहुल गान्धीको लोकसभाको सदस्यको पद खारेज गरिएको छ । लोकसभा सचिवालयले एक सूचना जारी गर्दै पद खारेज भएको जनाएको हो ।

यसअघि बिहीबार राहुललाई सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको घटनामा २ वर्षको सजाय सुनाएको थियो । अदालतले गान्धीलाई १५ हजार जरिवाना पनि तोकेको छ ।

तर उनलाई फैसलाविरुद्ध अदालतमा अपिल गर्नका लागि एक महिनाको समय दिइएको छ । सन् २०१९ मा गान्धीले मोदी थरलाई लिएर एउटा टिप्पणी गरेका थिए । मुद्दाको सुनुवाइ भइरहेका बेला राहुल सुरत अदालतमा उपस्थितसमेत थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *