वीरगन्ज :

नेपाल ल क्याम्पसकाे ईकाई अध्यक्षमा माजिद

नेपाल ल क्याम्पसकाे ईकाई अध्यक्षमा माजिद

श्रेणी : मधेस

2 years
Pradeep Sah
65Views
0 Shares

काठमाडौं

नेपाल ल क्याम्पसकाे ईकाई अध्यक्षमा माजिद लाइ मनोनयन गरिएको छ।

नेपाल ल क्याम्पसकाे ईकाई अध्यक्ष पद रिक्त रहेकाेले नेपाल विद्यार्थी संघ को विधान बमाेजिम तीन महिनाभित्र इकाई अधिवेशन सम्पन्न गर्ने गरी अध्यक्षकाे जिम्मेवारी ताेकिएकाे संघका केन्द्रीय अध्यक्षद्वारा हस्ताक्षरित पत्रमा उल्लेख रहेकाे छ ।

नेपाल विद्यार्थी संघ समावेशीताकाे उच्चतम नमूना रहेकाे र यसकाे खुलेर समर्थन गर्दै साैहार्द पूर्ण वातावरणमा इकाई अधिवेशन गर्न माजिद लाई सबैले सहयाेग गर्नु पर्ने नेविसंघ नेता सुरज सेजुवाल बताएका छन्।

नेपाल ल क्याम्पस एलएलएममा अध्ययनरत अधिवक्ता माजिद विगत देखि नै विद्यार्थीका समस्याहरु सम्बाेधन गर्न खुलेर लाग्ने गरेका छन् । माजिद नेपाल ल क्याम्पसलाई कानूनकाे विश्वविद्यालय बनाउनु पर्छ भनेर लाग्ने अग्र पंतिका अभियन्ता समेत हुन् ।

उपत्यकाकाे क्याम्पसहरु मध्ये इकाई अध्यक्ष हुने पहिलाे मुस्लिम विद्यार्थी समेत रहेका माजिद आम विद्यार्थी माझ लाेकप्रिय समेत रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *