श्रेणी : मधेस

वीरगंज, पर्सा
ठाकुर राम बहुमुखी क्याम्पसको स्व.वि.यू.निर्वाचन स्थगित पछि जेष्ठ १३ गते तोकिएकै मितिमा हुनु पर्ने माँग गरेका छन् ।
ठाकुर राम बहुमुखी क्याम्पसको स्व.वि.यू.निर्वाचन २०७९ स्थगीत भई २०८० जेष्ठ १३गते गर्ने क्याम्पस प्रशासनको सिफारिस त्रि.वि.किर्तीपुर लाई भएकोमा सोहि मितिमा स्व.वि.यु.निर्वाचन हुनुपर्ने अडान राख्दै निर्वाचनको तयारीमा जुटन ने.वि.संघ जिल्ला कार्य समिति पर्सा सम्पूर्ण विधार्थी साथीहरुमा आह्वान गरेको छ।
साथै केहि विधार्थीहरुले आफूलाई ने.वि.संघ भनी यस क्याम्पसमा परीक्षा आइरहेको अवस्थामा परीक्षा शाखा लगायतका अन्य शाखाहरुमा लगाइएको तालाबन्दी प्रति ने.वि.संघ जिल्ला कार्य समिति पर्सा को गम्भीर ध्यानकषर्ण भएको जनाएको छ।
ने.वि.संघ यस मुलुककै विधार्थीहरु हकहितको लागि लडने पुरानो ऐतिहासिक संगठन भएकोले परीक्षा आउनै लागेको बेलामा परीक्षा शाखा लगायत अन्य शाखामा लगाइएको तालाबन्दी नेपाल विद्यार्थी संघको नभएको जानकारी सम्पूर्ण विधार्थी तथा सरोकारवालहरु
समक्ष गराउँदै, तालाबन्दी लगाउने समुह सित अविलम्ब शान्तिपूर्ण वार्ता गरी परीक्षा संचालनमा सहजताको लागि क्याम्पस प्रशासन सँग ने.वि.संघ जि.का.स.पर्सा जोडदार
माँग गरेको छ
अन्तमा विधार्थीको नाममा आफ्नो अभिभावक क्याम्पस प्रमुखलाई असभ्यता दर्शाउदै मानसिक र भौतिक यातना दिने कुरा गर्नेलाई पनि लोकतन्त्रमा यस्ता लज्जानक व्यवहार प्रदर्शन नगर्न तथा समस्याको समाधान शान्तिपूर्ण वार्ताबाट मात्र गर्न आह्वान गर्दै पुन:स्थगित स्व.वि.यु.निर्वाचन यहि मिति २०८० जेष्ठ १३ गते गर्न गराउन सबै संघ/संगठन मिलेर समन्वय गर्दै अगाडी बढन को निमित्त प्रेस विज्ञप्ती मार्फत ने.वि संघ पर्सा का जिल्ला अध्यक्ष रमेश यादव अनुरोध गरेका छन्।
प्रतिक्रिया