श्रेणी : BANNER
हेटौँडा । नेकपा एमालेका सचिव गोकर्ण विष्टले स्वार्थले बनेको गठबन्धनको आयु लामो नरहने बताएका छन् ।
शनिबार प्रेस चौतारी मकवानपुरले हेटौँडामा गरेको पत्रकार सम्मेलनमा सचिव विष्टले एमालेको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डले दुई महिनामा नै सहमति तोडेर राजनीति बेइमानी गरेको बताए ।
उनले एमालेसहितको गठबन्धन भत्काएर आफ्नो प्रचण्डले सरकारको आयु कम गरेको बताए । उनले भने,‘एकप्रकारले अस्थिरता निम्त्याउने कामको अगुवाइ, मुख्य भूमिका सम्माननीय प्रधानमन्त्रीले निर्वाह गर्नुभएको छ । यो उहाँको लागि स्वयं आफैंले थापेको धराप सावित हुनेछ ।’
उनले अहिले गठबन्धन नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन, सुशासन र समृद्धिलाई कमजोर पार्न चाहने शक्तिहरूको इच्छा अनुसार बनेको बताए ।
सचिव विष्टले किसानलाई सुविधा दिने, अनुदान दिने, कृषि क्षेत्रमा थप रोजगारी सृजना गर्दै देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा मल, बिउ बिजन लगायतका अत्यावश्यक वस्तुहरूमा मूल्यवृद्धि गरेर देशलाई परनिर्भर बनाउन खोजेको बताए ।
प्रतिक्रिया