
श्रेणी : राजनीति
14Views
0
Shares
काठमाडौं । उपराष्ट्रपति पदका लागि जनमत पार्टीका उम्मेदवार ममता झाले आफू निर्वाचित भए महिलाको हकअधिकार स्थापित गर्ने बताएकी छन् ।
नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै झाले महिला मतदाताको मत महिलालाई नै दिन आग्रह गरिन् ।
उनले भनिन्, ‘राष्ट्रपतिमा पुरुष निर्वाचित भएको अवस्थामा उपराष्ट्रपति पदमा महिला निर्वाचित हुनु राम्रो हुन्छ ।’
आज बिहान १० बजेदेखि सुरु भएको मतदान मतदान दिउँसो ३ बजेसम्म हुनेछ । उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव, जनमत पार्टीकी ममता झा र नेकपा एमालेका तर्फबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छन् । ।

प्रतिक्रिया