वीरगन्ज :

क्यानडामा फेब्रुअरी महिनामा रोजगारी सिर्जनामा सुस्तता

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
13Views
0 Shares

क्यानडाले फेब्रुअरीमा २२ हजार नयाँ रोजगारीका अवसर सिर्जना गरेको जनाएको छ भने बेरोजगारी दर पाँच प्रतिशतको न्यून रेकर्डबाट बढ्न नदिन सफल भएको राष्ट्रिय तथ्याङ्क एजेन्सीले जनाएको छ ।

डिसेम्बर र जनवरीमा दुई ठूलो आकारको आर्थिक वृद्धिपछि रोजगारीमा सामान्य वृद्धि व्यापक रूपमा अपेक्षित थियो । र पछिल्लो छ महिनामा अर्थात् फेब्रुअरीमा सम्ममा समग्र करिब तीन लाख ४८ हजार रोजगारीका अवसर सिर्जना गरेको छ ।

यसैबीच, बेरोजगारी दर गत जुन र जुलाईमा देखिएको ४ दशमलव ९ प्रतिशतको उच्च रेकर्डभन्दा डिसेम्बरमा झरेको छ ।

क्यानाडेली तथ्याङ्क कार्यालयका अनुसार फेब्रुअरीमा स्वास्थ्य सेवा र सामाजिक सहायता १५ हजार, सार्वजनिक प्रशासन १० हजार र उपभोग्य सेवामा सात हजार ५०० रोजगारी बढेको छ ।

यो अवधिमा मानिसहरूले व्यवसाय, भवन र अन्य समर्थन सेवा क्षेत्रहरूमा नयाँ रोजगारीका न्यून अवसर पाएका छन् ।

विशेष गरी, ५५ देखि ६४ वर्ष उमेर समूहका क्यानाडेलीको रोजगारीमा ठूलो वृद्धि देखिएको छ । यो उमेर समूहका १० मध्ये छ जना भन्दा बढी महिलाले यो महिनामा रोजगारी पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *