वीरगन्ज :

आसिफद्वारा अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा

श्रेणी : खेलकुद

2 years
birgunj report
39Views
0 Shares

काठमाडौं । नेपालका ओपनर आसिफ शेखले पपुवा न्यूगिनीविरुद्ध शतक पुरा गरेका छन् । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा आसिफले पपुवा न्युगिनीसँग पहिलो शतक बनाएका हुन् ।

उनले यसअघि ७ अर्धशतक बनाएपनि शतक भने पहिलो हो । यसका साथै उनले अन्तर्राष्ट्रिय क्रिकेटमा एकहजार रन पुरा गरेका छन् । यसअघि कप्तान रोहित पौडेलले पनि एकहजार रन पुरा गरिसकेका छन् ।

आसिफले यसअघि नेपालबाट ओडिआई खेलमा ७ अर्धशतक प्रहार गरेका छन् । ७ मध्य ४ अर्धशतकमा उनले प्लेयर अफ द म्याच चुनिएका थिए । कुशल भुर्तेलपछि आसिफ नेपालबाट ओपनरको रुपमा शतक हान्ने दोस्रो खेलाडी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *