श्रेणी : राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल नेपाली महिलाका लागि गर्वको विषय भएको बताएका छन् ।
११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रपति भण्डारीको कार्यकाल सफल र उत्कृष्ट भएको बताएका हुन् ।
उनले भोजपुरको गाउँमा जन्मिएर नेपालको प्रथम महिला राष्ट्रपति हुुनु सामान्य विषय नभएको बताए ।
उनले भने,’राष्ट्रपति भण्डारी हामी नेपालीहरुका लागि गौरवको विषय हो । यस आन्दोलनको नेतृ नेपालको ईतिहासमा प्रथम महिला राष्ट्रपतिको उपमा पाउनु भएको छ । उहाँले सफलतापूर्वक कार्यकाल सम्पन्न गर्नु भएको छ । भोजपुरमा जन्मेको व्यक्तिले देशलाई ७ वर्षसम्म राष्ट्रप्रमुखको हैसियतमा जिम्मेवारी बहन गर्ने सानो कुरा होइन ।’
उनले अब महिलाहरु प्रधानमन्त्री बन्न सक्ने भएकाले त्यसका लागि क्षमता विस्तारमा लाग्नुपर्ने बताए ।
प्रतिक्रिया