वीरगन्ज :

नेपाली कांग्रेस पर्सा द्वारा स्व.वि.यु लक्षित समिती गठन

नेपाली कांग्रेस पर्सा द्वारा स्व.वि.यु लक्षित समिती गठन

श्रेणी : मधेस

3 years
Pradeep Sah
68Views
0 Shares

ठाकुर राम बहुमुखी क्याम्पस मा आगामी चैत्र ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन को चुनाब नेपाल विद्यार्थी संघ लाई जिताउन नेपाली कांग्रेस पर्सा ले समन्वय समिति गठन गरेको छ। त्रिभुवन विश्व बिधालय अन्तरगत रहेको ठा. रा. बहुमुखी क्याम्पस मा स्व.वि.यू. को निर्वाचन चैत ५ गते घोषणा भए बामोजिम नेपाली कांग्रेस अन्तरगत रहेको भातृ संगठन ने.वि. संघ लाई विजयी बनाउन नेपाली कांग्रेस पर्सा ले विभिन्न आफ्नो संगठन का नेताहरु लाई जिम्मेवारी दिएको छ। आज नेपाली कांग्रेस का पर्सा जिल्ला अध्यक्ष जनार्दन सिंह क्षेत्री ले समन्वय समिती गठन गरेका छन। उक्त समिति मा नेपाली कांग्रेस पर्साका सह-सचिव नविन सिंह, नेपाल तरुण दल पर्साका अध्यक्ष बिकास तिवारी,हरिन्द्र यादव,सुरेन्द्र लामिछाने,रामनिवास यादव,ने.वि.संघ इकाई अध्यक्ष मनोज कुमार साह,ने.वि.संघ पर्साका अध्यक्ष रमेश यादव मनोयन भएका छन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *