वीरगन्ज :

सरकार छाड्ने एमालेको निर्णय

श्रेणी : BANNER

2 years
birgunj report
14Views
0 Shares

काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पुस १० भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नगएको र प्रधानमन्त्रीले नेकपा एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएको बताए ।

उनले प्रधानमन्त्रीले नेकपा एमाले सरकारबाट नबाहिरिए तत्काल मन्त्रीहरुलाई बर्खास्त गर्ने वा बिना विभागीय मन्त्री बनाउनेसम्मको चेतावनी दिएको जानकारी दिए ।

उनले जेनेभा भ्रमणमा जान लागेकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई अन्तिम समयमा रोकेर प्रधानमन्त्रीले अपरिपक्वता देखाएको र नेकपा एमालेमाथि प्रतिरोध साँधेको आरोप लगाए । उनले प्रधानमन्त्रीले देशमा राजनीतिक स्थिरता नचाहेको आरोप पनि लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *