वीरगन्ज :

अस्ट्रेलियाले चिनियाँ सुरक्षा क्यामेरा प्रतिस्थापन गर्ने

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
31Views
0 Shares

चीनमा निर्मित सुरक्षा क्यामराबाट हुनसक्ने सम्भावित सुरक्षा खतराका बीच अस्ट्रेलियाले ती क्यामेरा हटाउने निर्णय गरेको जनाएको छ ।

भिक्टोरिया प्रहरीले विदेशी गुप्तचर सूचना सङ्कलनलाई रोक्नका लागि अर्को वर्षको अन्त्यसम्ममा चीनमा निर्मित सबै क्यामेरा प्रतिस्थापन गर्ने पुष्टि गरेको छ ।

द एजका अनुसार प्रहरीले अझै पनि राज्यभरि धेरै क्यामेराहरू सञ्चालन भइरहेको र कम जोखिमको रूपमा विचार गरिएको भए तापनि क्रमिक रूपमा प्रतिस्थापन गरिने बताएको छ ।

भिक्टोरियन लिबरल सिनेटर जेम्स प्याटर्सनले सिनेटको अनुमानमार्फत सङ्घीयस्तरमा यस मुद्दालाई अगाडि बढाइरहेका छन् । उनले भिक्टोरिया प्रहरीले २०२४ को अन्त्य अघि सबै चिनियाँ निर्मित क्यामेराहरू प्रतिस्थापन गर्न चाहेको बताए ।

सङ्घीय सरकारले यसअघि नै कमनवेल्थ विभाग र अष्ट्रेलियन वार मेमोरियलजस्ता स्थानबाट चीनमा निर्मित सयौँ उपकरण हटाइसकेको द एजले जनाएको छ ।

भिक्टोरिया प्रहरीका प्रवक्ताले चिनियाँ निर्मित क्यामेराको विषयमा भइरहेको बहसबारे प्रहरी जानकार रहेको बताए । चिनियाँ कम्पनी हिक्भिजन र दाहुआले बनाएका उपकरणहरू बेइजिङले ‘फेसियल रिकग्निसन टेक्नोलोजी’लाई बढावा दिन र उइगुर अल्पसङ्ख्यकहरूलाई जबरजस्ती र नियन्त्रण गर्न गरेको भनी अमेरिका र सहयोगी राष्ट्रहरूले यसलाई निगरानीको सूचीमा राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *