वीरगन्ज :

राष्ट्रपति उम्मेदवारकाबारेमा आज निर्णायक वार्ता

श्रेणी : राजनीति

2 years
birgunj report
13Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग राष्ट्रपति निर्वाचनबारे निर्णायक छलफल गर्ने भएका छन् ।

बिहीबार जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरूसँग सिंहदरबारमा छलफल गरेर निस्कने क्रममा प्रधानमन्त्रीले दुई नेतासँग आज छलफल गर्ने बताएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच वार्ताको समय भने निश्चित भएको छैन । राष्ट्रपतिको लागि शनिबार उम्मेदवार मनोनयन गर्ने कार्यतालिका छ। अहिलेसम्म कांग्रेस, एमाले आ–आफ्नै अडानमा छन् ।

बिहीबार प्रधानमन्त्रीले एकीकृत समाजवादी र जसपाका नेताहरुसँग छुट्टाछुट्टै सामूहिक छलफल गरेका थिए । त्यस्तै बुधबार कांग्रेस नेताहरुले पनि प्रधानमन्त्रीसँग छलफल गरेका थिए । प्रधानमन्त्रीले राष्ट्रिय सहमतिका नाममा आफ्नो पार्टीलाई राष्ट्रपति नदिने नियतले अन्य दलसँग छलफल अघि बढाएपछि एमाले भने प्रधानमन्त्रीसँग चिढिएको छ ।

निर्वाचन आयोगले शनिबार राष्ट्रपतिको मनोनयन दर्ता र फागुन २५ मा राष्ट्रपतिको निर्वाचनको तालिका तय गरेको छ । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरूले भेटघाटलाई भने तीव्र बनाएका छन् ।

राष्ट्रपतिको निर्वाचनमा निर्णायक मत रहेको नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमति खोजिरहेको छ भने अन्य दलहरूले आआफ्नो पार्टीको दाबी रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *