वीरगन्ज :

अमेरिकामा कारको खुद्रा कारोबारमा वृद्धि

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
32Views
0 Shares

संयुक्त राज्य अमेरिकामा जनवरी महिनामा कारको खुद्रा बिक्रीमा वृद्धि भएको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।

अमेरिकी केन्द्रीय बैंकले मागलाई सहज बनाउन काम गरिरहेको र नीति निर्माताहरूले उर्लँदो मुद्रास्फीतिमा लगाम लगाउने प्रयास गरिरहेका समय कार बिक्रीमा वृद्धि भएको हो ।

अमेरिकामा अन्य विश्व समुदायमा जस्तै एक वर्षमा ब्याज दर तीव्र रूपमा वृद्धि भएको छ । नीतिको प्रभाव पहिले लचिलो उपभोक्ता खर्चसहित सबै क्षेत्रहरूमा सुधार भइरहेको सङ्केतहरू भए पनि पछिल्लो तथ्याङ्कले चिन्ता उत्पन्न गर्न सक्छ ।

दुई महिनाको सङ्कुचनपछि गत महिना बिक्री तीन प्रतिशतले बढेर छ सय ९७ दशमलव शून्य अर्ब डलर पुगेको वाणिज्य मन्त्रालयको बुधबारको प्रतिवेदनमा उल्लेख छ ।

कार तथा अन्य सवारी साधनका डिलरहरूको बिक्री डिसेम्बरदेखि जनवरीसम्मको अवधिमा छ दशमलव चार प्रतिशतले बढेको बताइएको छ ।अमेरिकी डिपार्टमेन्ट स्टोरको कारोबारमा १७ दशमलव पाँच प्रतिशतले बिक्री बढेको छ भने रेस्टुरेन्ट तथा बारमा सात दशमलव दुई प्रतिशतले वृद्धि भएको छ ।

ब्याजदर दर वृद्धिको उनीहरूको अभियान कहिले रोक्न सकिन्छ भनी मूल्याङ्कन गरिरहेका अधिकारीहरूले उपभोक्ताहरू पछि हट्दैछन् भन्ने सङ्केतको पर्खाइमा रहेको बुझ्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *