![](https://birgunjreport.com/wp-content/uploads/2023/02/majdor.jpg)
श्रेणी : समाज
काठमाडौं । यातायात मजदुरले मंगलबारदेखि काठमाडौं उपत्यकामा सम्पूर्ण यातायात नचलाउने घोषणा गरेका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदूर संगठन, नेपाल यातायात मजदूर संघ र अखिल नेपाल यातायात मजदूर संघले संयुक्त विज्ञप्ति जारी गरीसवारी नचलाउने घोषणा गरेका हु्न् ।
ट्राफिक प्रहरीले ऐन विपरीत जरिवाना असुल्नुका साथै चालकहरूको लाइसेन्स निलम्बन गर्ने नियम बनाएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले फागुन २ देखि सम्पूर्ण १० बुँदे माग पूरा नभएसम्म उपत्यकाका सम्पूर्ण सवारीसाधनहरु बन्द हुने बताएका छन् । उनीहरूले श्रमिकहरूमाथि आक्रमण गर्ने सबै आक्रमणकारीहरुलाई तत्काल प्रहरी नियन्त्रणमा लिई कारबाही गर्न माग गरेका छन् ।
यसैबीच आन्दोलनका क्रममा यातायात मजदुरहरूले बालाजुमा प्रहरीको भ्यान जलाएका छन् ।
![](http://hatmakhabar.com/wp-content/uploads/2023/02/Yatayat_Majdoor_release1676291391.jpg)
![](https://birgunjreport.com/wp-content/uploads/2023/12/laingik-hinsa-1536x458-1.jpg)
प्रतिक्रिया