वीरगन्ज :

सरकारको गल्ती राष्ट्रपतिले गाली खानु पर्योः सांसद पन्त

श्रेणी : राजनीति

2 years
birgunj report
10Views
0 Shares

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपतिलगायतका विशिष्ट व्यक्ति औपचारिक कार्यक्रममा जाँदा सहज उपाय अपनाउन आग्रह गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद पन्तले राष्ट्रपतिको सवारी सरल बनाउने काममा सरकारले भूमिका नखेलेको बताएका हुन् । उनले राष्ट्रपतिको सवारीलाई लिएर यसअघि पनि जनस्तरबाट विरोध गरेपनि त्यसलाई सहज बनाउने काम नभएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘राष्ट्रपतिको सवारीलाई लिएर डा. रामवरण यादवको पालामा पनि विवाद भएको थियो। हामीले उतिबेलैदेखि यसलाई सरल र सहज बनाउनु भनेका हौं । तर केही काम भएन ।’

उनले सरकारले गल्ती राष्ट्रपतिले गाली खानु परेको भन्दै यसप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । उनले भने, ‘सरकारले गल्ती गर्दा राष्ट्रपतिले किन गाली खाने ? यसलाई सरलीकृत गरौँ भन्दा सरकार किन तयार हुँदैन ? यो विषयलाई गम्भीरतापूर्वक लिऔँ।’

उनले शुक्रबारको राष्ट्रपतिको सवारीका कारण दुःख पाएकाहरुले सांसदलई पनि गाली गरेका भन्दै आफू लोगो छोपेर हिँड्नु परेको बताए ।

उनले भने, ‘सडकमा मैले लोगो नै छोपेर हिँड्नुपर्यो । त्यहाँ सांसदहरुलाई पनि गाली गरियो । यसलाई समयानुकुल परिमार्जन गर्नुपर्छ। सरकारले सरल उपाय नखोज्ने अनि राष्ट्रपतिले गाली खाने ? यो काम सरकारको दायित्व हो।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *