वीरगन्ज :

मानवीय सहायताका लागि अफगानिस्तानलाई चार करोड डलर प्राप्त

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
11Views
0 Shares

मानवीय सहायतास्वरूप चार करोड अमेरिकी डलरको नयाँ सहयोग अफगानिस्तान आइपुगेको अफगानिस्तानले जनाएको छ ।

अफगानिस्तानको केन्द्रीय बैंक दा अफगानिस्तान बैंकले विज्ञप्ति जारी गर्दै अफगानिस्तान बैंकिङ प्रणालीलाई मजबुत बनाउने कुनै पनि वित्तीय सहयोगको स्वागत गर्ने बताएको छ ।

आर्थिक रूपले विपन्न अफगानिस्तानलाई विदेशी विनिमय सञ्चिति बढाउन अन्तर्राष्ट्रिय समुदायको सहयोगअन्तर्गत जनवरी १४ देखि अफगानिस्तानमा मानवीय सहायताको यो दोस्रो सहयोग हो ।

निजी वाणिज्य बैंकमा आएको नगद प्याकेज सार्वजनिक गर्दै बैकले .अफगानिस्तानले युद्धग्रस्त देशको अर्थतन्त्रलाई स्थिर बनाउन अन्तर्राष्ट्रिय समुदायको मानवीय सहायताको एक भागको रूपमा विगत एक वर्षमा लगभग दुई अर्ब अमेरिकी डलर नगद प्राप्त गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *