वीरगन्ज :

अण्डा र कुखुरा सडकमा फालेर बिर्तामोडका किसानको विरोध

श्रेणी : समाचार

2 years
birgunj report
23Views
0 Shares

बिर्तामोड । झापाको बिर्तामोडका किसानले अण्डा र कुखुरा सडकमा फालेर विरोध जनाएका छन् । मंगलबार बिर्तामोडको मुक्ति चोकमा किसानहरुले एकसय भन्दाबढी कुखुरा र अण्डा सडकमा फालेर विरोध प्रदर्शन गरेका हुन् ।

आफ्नो उत्पादनले बजार नपाएको भन्दै उनीहरुले सडकमा कुखुरा र अण्डा फालेर प्रदर्शन गरेका हुन् । झापका कुखुरा पालक किसानले भारतबाट कुखुरा तस्करी बन्द गर्नुपर्ने माग गर्दै केही दिन अघि प्रशासनको ध्यानाकर्षण गराएका थिए ।

तर तस्करी नरोकिएको र आफूहरुको उत्पादनले बजार नपाएपछि बाध्य भएर सडकमा आउनुपरेको किसानले बताएका छन् ।

त्यस्तै उनीहरुले बैंकको भारी ऋण ब्याजदरका कारण कृषकलेहरुले आत्माहत्या गर्नुपर्ने स्थिति आएको भन्दै प्रदर्शन गरेका थिए । केही दिनअघि चितवनका किसानले भारतीय तरकारीका किसानले आफ्नो उत्पादनले बजार नपाएको भन्दै सडकमा तरकारी फालेर विरोध जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *